सिजीले ल्यायो दशैं अफर, ३० प्रतिशतसम्म छुट

क्लिकमान्डु २०७७ भदौ २९ गते १७:३० मा प्रकाशित

काठमााडौं । चाड दशैं–तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले बजारमा ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजनाका अफरहरू सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सिजीले आफ्नो ग्राहकहरूलाई कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र हात खाली नजाने उपहारहरू दिने कम्पनीले जनाएको छ ।

सिजी कम्पनीका अनुसार एलईडि टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र ४३ इञ्च र त्यसभन्दा माथिका टिभीहरूमा निशुल्क जडानको सुविधा रहेको जनाएको छ ।

त्यस्तै साइड बाइ साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिन, पिजनको मिक्चर, डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

साथै, विभिन्न सामानहरू सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा पनि आकर्षक नगद छुटको व्यवस्था रहेको छ ।

कम्पनीका अनुसार यो वर्ष टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आइरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नेछन् । साथै, एसीमा भने निशुल्क जडानको योजना छ ।

यो योजना सिजीले आज भदौ २९ गते २०७७ सालदेखि नेपालभरी सीमित अवधिका लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी सिजी कम्पनी अन्तर्गतकै टीएलसी टिभी खरिदमा पनि अफर छ । कम्पनीले दशैं–तिहारलाई लक्षित गर्दै स्टे सेफ, सेलिब्रेट वेल अफर ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले टिएलसीका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरजस्ता घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक पाउनेछन् । साथै, टिएलसीका एयर कन्डिस्नरमा फ्रि इन्टलेसनको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कुनै ग्राहकले फोन पे प्रयोग गरी पैसा भुक्तानी गर्न पनि सक्नेछन । साथै, फोन पेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य अकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, फारफिल्ड भोइस एसिस्टेन्ट, डोल्बी भिजनमा तीन वर्ष वारेन्टी रहेको छ । अन्य विशेषता रहेको टिएलसी टिभी, वासिङ मेसिन मोटर र एसीलगायत पिसीबी बोर्डमा सहित ५ वर्षको वारेन्टी छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स