डिशहोमको ‘द स्ट्रिङ्स’ दोस्रो चरणमा 



काठमाडौं । डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका ‘द स्ट्रिङ्स’  अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनह आफ्नो प्रस्तुती डिशहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङ्गको आह्वान गरि सकेका छन ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसर संगै हौसला प्रदान गने उदेश्यले डिशहोमले ‘द स्ट्रिङ्स’ शुरुवात गरेको हो ।


क्लिकमान्डु