कोरोना बीमा मापदण्ड संशोधन, निजी ल्यावको रिपोर्टले दाबी गर्न सकिने



काठमाडौं । आज (सोमबार) देखि निजी ल्यावमा परीक्षण गर्दा आएको पोजेटिभ रिपोर्टले कोरोना दाबी गर्न मिल्ने भएको छ ।

बीमा समितिले कोरोना बीमा निर्देशीका संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

यस अघिसम्म कोरोना बीमा गराउने बीमितले निजी ल्यावमा परीक्षण गराउँदा पोजेटिभ आए पनि दाबी भुक्तानीलाई भने मान्यता नदिने व्यवस्था गरेको थियो ।

समितिको पुरानो व्यवस्थाको चौतर्फी विरोध भएपछि सरोकारवालासँग छलफल गरी समितिले पुरानो व्यवस्था संशोधन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार कोरोना बीमा गरेका बीमितले स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्यावमा परीक्षण गराउँदा कोरोना पोजेटिभ आएमा दाबी गरेको ७ दिनभित्र भुक्तानी पाउँछन् ।

तर नयाँ व्यवस्थाअनुसार कोरोना बीमाको दाबी भुक्तानी लिन स्थानीय निकायको सिफारिस समेत पेश गर्नुपर्ने छ ।

साथै, बीमा कम्पनीहरुलाई बीमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने बीमा कम्पनीले आफ्नै खर्चमा पुनः परीक्षण गराउन पाउने छन् ।


क्लिकमान्डु