ऋण उठाउन एनआइसि एशिया बैंक थप आक्रामक,४६ जनाको सम्पति लिलामी गरिदैं



काठमाडौं । एनआईसी एसिया बैंक पछिल्ला दिनमा ऋण उठाउन थप आक्रामक बनेको छ ।

उसले ऋण तिर्नका लागि ऋणीलाई ताकेता गर्दै सार्वजनिक सूचना जारी गरिरहेको छ । बैंकले आइतबार मात्रै विभिन्न ६ जनालाई ऋण तिर्न आउन ३५ दिनको सूचना जारी गरेको छ ।

बैंकले विभिन्न पत्र पत्रिकामा सूचना जारी प्रकाशित गर्दै ३५ दिनभित्र बैंकमा सम्पर्क गरेर लिएको ऋणको सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता भुक्तानी गर्न भनेको छ ।

बैंकले अन्यथा प्रचलित ऐन, कानून तथा बैंकसँग गरेको लिखत बमोजिम धितोमा रहेको चल अचल सम्पति लिलाम बिक्री गरिने जनाएको छ ।

यस्तै, अन्य कुनै व्यवस्था गरी बैंकले आफ्नो लिनुपर्ने रकम असुल उपर गरी ऋण तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम राख्ने बताएको छ ।

यस्तै ऋण तिर्न आउन सूचना जारी गर्दा पनि नआउनेको सम्पति लिलामी गर्ने जनाएको छ ।

बैंकले ऋण तिर्न आउन पटक पटक ताकेता गर्दा पनि नआउने ४३ जना ऋणीको सम्पति लिलामी गर्ने भएको छ । उक्त सम्पति लिलामी गर्नको लागि ७ दिने सूचना समेत जारी गरेको छ ।

बैंकले सूचना जारी गरेर गैर बैकिङ सम्पति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकाले ७ दिने सूचना जारी गरिएको स्पष्ट पारेको छ ।

उक्त सम्पति गरिद गर्न इच्छुक व्यक्ति,फर्म, कम्पनी, संघ संस्थाले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सूचनामा अनुरोध गरिएको छ ।


पुष्प दुलाल