५ कम्पनीका सेनिटाइज उत्पादन र बिक्रीमा औषधि व्यवस्था विभागले लगायो रोक



काठमाडौं । औषधि व्यवस्था विभागले ५ वटा कम्पनीले उत्पादन गर्ने सेनिटाइजर बिक्रीमा रोक लगाएको छ । विभागले ती कम्पनीले उत्पादन गर्ने सेनिटाइजरमा विषाक्त रसायन मेन्थोल प्रयोग गरिएको भन्दै बिक्रीमा रोक लगाएको हो ।

विभागले ती कम्पनीका ह्यान्ड सेनिटाइजरहरुको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो जसमा मापदण्ड विपरीत विषाक्त रसायन समावेश भएको पाइएकाले बिक्रीमा रोक लगाएको जानकारी दिएको छ ।

विभागले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधरणहरुले प्रयोग नगर्न र नगराउन साथै त्यस्ता सेनिटाइजरहरुको उत्पादन तथा बिक्री वितरणमा अविलम्भ रोक्का राख्न निर्देशन दिएको हो ।

उत्पादन बिक्री तथा वितरणमा रोक लगाइएका कम्पनीमा नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर, हाइजेनिक सोप एन्ड केमिकल प्रालिको इन्स्ट्यान्ड ह्यान्ड सेनिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फूड इन्डिष्ट्रि प्रालिको एड्भान्स ह्यान्ड सेनिटाइजर, सर्च चेम कम हर्बल प्रडक्टस्को इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमूखी हर्बल प्रडक्टसले उत्पादन गर्ने सूर्यमूखी ह्यान्ड सेनिटाइजर छन् ।


क्लिकमान्डु