विमानस्थलबाट दरबारमार्गसम्म विमान सडकमा गुडाइयो
काठमाडौं । सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । शनिबार साँझ काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दरबारमार्गस्थित नायारणहिटी संग्रालयमा विमान गुडाएर ल्याइएको छ ।
यो कुनै आपतकालिन अवतरण होइन, न कि कुनै प्रशिक्षण । यो त संग्रालयमा राख्नका लागि ल्याइएको हो । पहिले राजाले प्रयोगगर्ने नेपाली सेनाको एभ्रो विमान अब नारायणहिटी संग्रालयमा राखिनेछ ।
२०३१ सालमा खरिद गरिएको विमान अब संग्रालयमा सर्वसाधारणले हेर्न पाउनेछन् । शनिबार राति नेपाली सेनाको गाडीले तानेरगुडाउँदै विमान ल्याएको हो ।
फोटो: श्रीधर पौडेल/फेसबुक