जुमले ल्यायो नयाँ सुरक्षा प्रणाली, यस्ता छन् नयाँ विशेषता
काठमाडौं । संसारभर नै कोरोना भाइरसको संक्रमणका कारण लोकप्रिय हुन सफल भिडियो कन्फरेन्स एप जुमले पछिल्ला दिनमा थप सुरक्षा फिचरहरु थप्दै गएको छ ।
जुम प्रयोग गर्दा, अश्लिल सामग्री प्रसारण भएको तथा ह्याकरको कब्जामा गएका जस्ता गुनासा सार्वजनिक भएपछि जुमले त्यसलाई सुधार गर्दै थप विश्वसनीय र प्रभावकारी बनाउन थालेको हो ।
जसका कारण आगामी दिनमा जुममा सुरक्षा छैन, त्यसका कुनै पनि उपाय अपनाइएको छैन भन्ने जस्ता गुनासा समेत अन्त्य हुने बताइएको छ ।
समाचार विवरणहरुमा जनाइए अनुसार हाल संसारभर नै जुम प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । जसका कारण व्यापार समेत वृद्धि भएको छ ।
जुमको सुरक्षा फिचरको अपडेटका लागि मात्रै १०० भन्दा बढी प्राविधिक कर्मचारी परिचालन गरिएको र नयाँ नयाँ खोज समेत गरिएको समाचार विवरणहरुमा जनाइएको छ ।
यही क्रममा उसले सुरक्षा फिचरमा गरेको केही अपडेटको बारेमा समेत आम रुपमा जानकारी दिने प्यास गरिएको छ ।
प्रयोगकर्ताको सुरक्षाका लागि जुमले दोहोरो सुरक्षा प्रणालीको सुरुवात गरेको छ । त्यसलाई टु फ्याक्टर अथेन्टिकेशनको नाम दिइएको छ ।
त्यसलाई अन गरेर सेटिङ गरेपछि सुरक्षाका विषयमा कुनै पनि प्रश्न नउठ्ने बताइएको छ । कम्पनीले दावी गरे अनुसार १०० भन्दा बढी सुरक्षात्मक एवम् प्राइभेसीका उपायहरु लागू गरिएको छ ।
जुमले अथेन्टिकेशन एप टाइम बेस्ट वन टाइम पासवर्ड समेत सर्पोट गर्ने जनाएको छ ।
अथेन्टिकेशनको जानकारी जुम अकाण्ट तथा एस्एमएस मार्फत फोनमा उपलब्ध हुने छ ।
त्यसले गुगल अथेन्टिकेशन एप , माइक्रोसफ्ट अथेन्टिकेटर तथा निशुल्क ओटिपीको समेत सर्पोट गर्नेछ । साथै त्यसको जानकारी एसएमसबाट पनि प्राप्त हुनेछ ।
कम्पनीका अनुसार यस्तो व्यवस्थाले जुम प्रयोगकर्ताको अकाण्टलाई थप सुरक्षित बनाउनेछ ।
कम्पनीले दावी गरे अनुसार २०२० को १ जुलाईदेखि ९० दिनको समयसम्म सुरक्षाका सुविधाका सन्दर्भमा १०० भन्दा बढी सुरक्षाका अनेकन उपाय अपनाई सेक्युरिटी फिचरलाई थप सबल बनाइएको छ ।
यसमा प्रयोगकर्ताको आँखाको सुरक्षाका लागि समेत विशेष उपाय अपनाइएको छ । त्यसमा एन्हान्स्ड एन्क्रिप्शन जुम ५.० समेत समावेश गरिएको छ ।
जुमले अहिले आफ्नो एन्क्रिप्सनको मानकको रुपमा एइएस २५६ बिट जिसिएममा स्तारोन्नती गरेको छ । यसको साथ साथै एइइस २५६ इसीमा समेत सुधार गरेको छ ।
जिसिएम एन्क्रिप्सनले अब सबै मिटिङका लागि समेत सहज बनाइदिएको छ । जुमले आगामी दिनमा सबै प्रयोगकर्ताका लागि समेत सहज रुपमा काम गर्ने वातावरण बनाइदिएको छ ।
यस्तै प्रयोगकर्ताले आफ्नो अकाण्टको एडमिनमा गएर ड्यासबोर्डमा साइन इन गर्नुपर्ने बताएको छ ।
अथवा नेभिगेशन मेन्युमा गएर सुरक्षात्मक उपायका लागि दोहोरो अथेन्टिकेशन अप्सन साइन इन गरी परिक्षण गर्नुपर्नेछ ।