IELTS, TOEFL लगायतका भाषा परीक्षा सञ्चालन गर्न पाइने



काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइइएलटीएस, टोफेललगायतका भाषा परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले दिने भाषा परीक्षा जस्तै, आइइएलटीएस, टोफेल, अकुपेस्नल इंग्लिस टेस्ट, जीआरई, जेएलएफडब्ल्यु, जीम्याटलगायतका भाषा परीक्षा सञ्चालन गर्न सकिने उल्लेख गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘भाषा परीक्षालगायत यस्तै प्रकृतिका परीक्षाहरु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायले जारी गरेको परीक्षा सञ्चालन कार्यविधि, २०७७ ले तय गरेको विधि र प्रक्रिया अपनाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य मापदण्ड समेतको विपरीत नहुने गरी सञ्चालन गर्न सकिने छ ।’


क्लिकमान्डु