असोज १ गतेबाट सार्वजनिक सवारी चलाउन नदिए स्वस्फुर्त चलाउने व्यवसायी र मजदुरको चेतावनी



काठमाडौं । यातायात व्यवसायी र मजदुरहरूले असोज १ गतेबाट गाडी चलाउन दिनुपर्ने सरकारसमक्ष माग राखेको छ ।

यातायात व्यवसायी तथा मजदुरहरूले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई मन्त्रालयमा पत्र बुझाउँदै माग गरेको हो ।

करिब ६ महिनादेखि सार्वजनिक यातायात चल्न सकेको छैनन् । जसका कारण ११ लाख यातायात श्रमिक र ३ लाख ६० हजार यातायात व्यवसायीहरूसँग प्रत्यक्ष आश्रित परिवारका ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको भन्दै गाडी चलाउन पाउनुपर्ने मागपत्रमा उल्लेख गरेको छ ।

साथै, दैनिक ज्यालाबाट जीविन चलाउने यातायात श्रमिक र व्यवसायीहरू यति लामो समयसम्म यातायात सेवा सञ्चालन नहुँदा उनीहरूको जीवन कष्टकर बनेको उनीहरूको भनाइ छ ।

साथै, असोज १ गतेबाट लामो, माध्यम, छोटो दुरी र स्थानीय रुटमा सम्पूर्ण यातायात सञ्चालनको माग गरेका छन् ।

उक्त माग कार्यन्वयन नभएको अवस्थामा श्रमिक तथा व्यवसायीहरू स्वतस्फूर्त रुपमा सवारी साधनहरू सञ्चालन गर्न बाध्य हुने भन्दै ध्यनाकार्षण गराएका छन् ।


क्लिकमान्डु