नेशनल माइक्रोफाइनान्स संस्थापक सेयर बिक्री गर्दै



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

संस्थाले सूचना जारी गरेर १ लाख १० हजार कित्ता संस्थापक सेयर प्रति कित्ता ७२५ रुपैयाँको दरले बिक्री गर्न लागेको छ । उक्त सेयरमा आवेदन दिन चाहनले असोज २ गते देखि कात्तिक ६ गतेभित्र आवेदन दिन सकिने छ ।

उक्त सेयरमा आवेदन दिन चाहनेले यसको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र मार्फत आवेदन दिने आग्रह गरेको छ ।

उक्त सेयरमा उक्त सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार देखि अधिकतम १ लाख १० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु