नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्दै प्रिमियर इन्स्योरेन्स, कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले सूचना जारी गरेर आफ्नो स्वमित्वमा रहेको ५० हजा कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । उक्त सेयरमा भदौ २८ देखि
असोज ४ गतेसम्म प्रतिकित्ता न्यूनतम २३ सय रुपैयाँका दरले बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा आवेदन दिनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्रिमियर इन्स्योरेन्सको वेवसाइटमा फारम रहेको छ ।

उक्त फारम भेरर आवेदन दिनुपर्ने छ । न्यूनतम १ हजार देखि अधिकतम ५० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु