पछिल्लो एक दशकमा नेपालमा ४० लाख रोजगारी थपियोः विश्व बैंक



काठमाडौं । पछिल्लो एक दशकमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले तयार पारेको एक रिपोर्टमा उल्लेख गरेको छ ।

नेपालको ठूलो जनशक्ति कृषिबाट अन्य क्षेत्रमा आकर्षित हुँदै गएको र यसले रोजगारी सिर्जना हुने संख्या बढाएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा सबैले गुणस्तरीय जागिर भने पाएका छैनन । त्यसमध्ये पनि महिलाहरुले कम गुणस्तरीय जागिर पाएको उल्लेख छ ।

पछिल्लो दशकमा ठूलो संख्यामा पुरुषहरु निर्माण क्षेत्रमा काम गर्न थालेका छन् भने उत्पादनमूलक उद्योग, व्यापार र यातायातको क्षेत्रमा पनि काम गरिरहेका छन् । त्यसका साथै ठूलो संख्यामा उनीहरु वैदेशिक रोजगारीका लागि समेत गएका छन् ।

यद्यपि यसमध्ये कैयन मानिसहरु अनौपचारिक क्षेत्रमा अस्थायी पारिश्रमिकमा काम गरिरहेका छन् । तै पनि उनीहरुको जीवनस्तरमा भने सुधार आएको छ ।

कुल रोजगारीमध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ मा आइपुग्यो यो बढेर २४ प्रतिशतमा पुगेको छ ।

सन् २०१८ मा नेपालमा ३८ लाख मानिसहरु जागिर गर्दथे । जसमध्ये २८ लाख जनशक्ति वैदेशिक रोजगारीमा थियो । वैदेशिक रोजगारीमा जानेहरुमध्ये अधिकांश पुरुष छन् । जसमध्ये ३५ वर्ष मुनीका छन् भने उनीहरुले माध्यमिक तहभन्दा मुनीको शिक्षा मात्रै प्राप्त गरेका छन् ।

जसमध्ये प्रदेश नम्बर ३ ले यस अवधिमा सबैभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै सिर्जना भएको छ ।

त्यसैगरी भूकम्पपछि निर्माण क्षेत्रले गती लिँदा रोजगारी सिर्जना भएको छ । जसमा साढे ५ लाख मानिसले जागिर पाएका थिए ।


क्लिकमान्डु