निषेधाज्ञा खुकुलो भएसँगै टुटल र पठाओको सेवा शुरू



काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै राइड सेयरिङ सेवा दिने कम्पनी टुटल र पठाओले पनि सेवा शुरु गरेका छन् । उपत्यकामा सरकारले निषेधाज्ञा खुकुलो गर्ने निर्णयसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा दिन शुरू गरेको हो ।

कम्पनी टुटल राइडरले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य सामाग्रीको प्रयोग गरेर सेवा थालनी गरेको जानकारी दिएको छ । जसका लागि राइडरले मास्क, सेनिटाइजर, पञ्जा र चस्माको प्रयोग गरेर सेवा शुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

उनका अनुसार राइडरसहित यात्रुले पनि अनिवार्यरुपमा मास्क र आवश्यक साधानी आपनाउन आग्रह गरेको बताए ।

त्यसैगरी नेपाली राइडिङ सेयरिङ अर्को कम्पनी पठाओले पनि नियमित सेवा शुरु गरेको जानकारी दिएको छ ।

कम्पनीकी बजार प्रबन्धक सुरक्षा हमालले पठाओले अत्यावश्य सेवामा मात्रै केही निश्चित सेवा शुरु गरेको बताइन् । साथै, कोरोनाको समयमा तोकिएको मापदण्ड पूरा गरेर मात्र राइड गर्न पाउने व्यवस्था गरेको उनको भनाइ ।

‘पठाओमा आबद्ध राइडरहरूले मास्क, स्यानिटाइजर, कपडालगायत सम्पूर्ण स्वास्थ मापदण्डको पालना गरी राइड गर्न निर्देशन दिएका छौं,’ उनले भनिन् ।

सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाएको छ । जस अनुसार निजी र सार्वजनिक सवारी साधनहरुले जोर बिजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालन गर्न पाउने छन् । सेयर राइडिङ कम्पनीहरुले पनि जोर बिजोर प्रणालीकै आधारमा सेवा शुरु गरेका हुन् ।


क्लिकमान्डु