सरकारले निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दियो, हेर्नुहोस् निर्देशिका



काठमाडौं । सरकारले निजी विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गरेवापत शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा निजी विद्यालयले पनि स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले स्वीकृत गर्नुपर्ने छ ।’

मन्त्रालयले असोज १ गतेदेखि विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।

निर्देशिकामा निजी क्षेत्रको भूमिकादेखि, विद्यालय, अभिभावक, शिक्षक, प्रदेश, स्थानीय तहलगायतकाको भूमिका समेत उल्लेख गरिएको छ ।


क्लिकमान्डु