प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशनबीच बैंकिङ कारोबार गर्ने सम्झौता
काठमाडौं । प्रभु बैंक र सरकारी डक्टरहरुको संगठन सरकारी डक्टर्स एशोसियसनबीच प्रभु बैंकसँग बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहलमा बिहीबार एक समारोहबीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सरकारी डक्टर्स एशोसियसनका तर्फबाट अध्यक्ष डा. रबिन खड्काले हस्ताक्षर गरे ।
उक्त अवसरमा प्रभु बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र सरकारी डक्टर्स एशोसियसनका तर्फबाट बरिष्ठ उपाध्यक्ष डा. बिजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ती बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ लामाको उपस्थिति रहेको थियो ।
सम्झौता बमोजिम प्रभु बैंकमा एशोसियसनको आधिकारिक बैंकको रुपमा रहनेछ । सरकारी डक्टर्स एशोसियसनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्पmत् गर्नेछ । सरकारी डक्टर्स एशोसियसनको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट बिना झण्झट सर्वसुलभ रुपमा विभिन्न खाता खोली बैंकिङ कारोबार गर्न सक्नेछन् ।
उक्त खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन् । यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।
सो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ ।