जनरल इन्स्योरेन्सले पायो ३० करोडको आईपीओ बेच्न बोर्डबाट अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्सलाई साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ ।

इन्स्योरेन्सले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले उक्त आईपिओ जारी गर्न स्वीकृत दिएको हो ।

आईपीओ जारी गरेपनि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु