लगानीकर्ताहरुको हित हुने गरी संशोधित सामूहिक लगानी कोष नियमावली लागू



काठमाडौं । धितोपत्र बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, आज भदौ २५ गते देखि लागू गरेको छ ।

उक्त संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए ।

बिद्घमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डको भनाइ छ । त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस अघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको बोर्डको भनाइ छ ।


क्लिकमान्डु