उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, सवारी साधनमा जोरबिजोर प्रणाली लागू



काठमाडौं । सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले परिस्थिती मूल्यांकन गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हो ।

बैठकले बिहीबारदेखि सबै सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बैठकले मानिसहरु भेला हुने, जमघट हुन नपाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी बैठकले व्यापार व्यवसाय सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ ।


पुष्प दुलाल