प्रिमियम संकलनमा पुरानालाई नयाँ कम्पनीले उछिन्दै, प्रथम बीमा शुल्क र नविकरणको तथ्यांकसहित



काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने १९ वटा जीवन बीमा कम्पनीहरुले यतिबेला विभिन्न ७ वटा बीमा पोलिसी बिक्री गरिरहेका छन् ।

कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १९ वटा जीवन बीमा कम्पनीले ९५ अर्ब १४ करोड ७१ लाख ४९ हजार रुपैयाँको पोलिसी बिक्री गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले गत वर्ष बिक्री गरेको पोलिसीमा प्रथम बीमा शुल्कको हिस्सा ३७.९७ प्रतिशत रहेको छ भने नविकरण भएको पोलिसीको हिस्सा ६२.०२ प्रतिशत छ ।यो अवधिमा

प्रथम बीमा शुल्कभन्दा नविकरण बढी भएको देखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको असर नेपालमा बीमा कम्पनीमा पनि देखिएको छ ।

जसका कारण जीवन बीमा कम्पनीहरुले नयाँ पोलिसी बिक्री गर्न अपेक्षा अनुसार सकेनन् । त्यसले गर्दा प्रथम बीमा शुल्क आर्जन कम देखिएको छ ।

कम्पनीहरुले अनलाइबाट पनि भुक्तानी गर्न सक्ने व्यवस्था गरेका कारण नविकरण शुल्क चै बढेको देखिएको छ ।

यतिबेला बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवान बीमा, रुपान्तरिक सावधिक जीवन बीमा, सामान्य म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, विशेष म्यादी जीवन बीमा र अन्य प्रकारका बीमाका पोलिसी रहेका छन् ।

बीमा समितिका अनुसार पुराना बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेर बीमा पोलिसी नविकरण हुने क्रम बढेको छ । यता नयाँ बीमा कम्पनीहरुमा प्रथम बीमा शुल्क आर्जन बडेर नविकरणको रकम कम देखिएको छ ।

कम्पनी नयाँ भएका कारण उनीहरुको नविकरण न्यून देखिएको छ । पुराना कम्पनीको नविकरणको तुलनामा प्रथम बीमा शुल्क आर्जन कम हुँदा नयाँले पुराना कम्पनीको व्यवसाय तानेको देखिएको छ । अहिले पुराना कम्पनी भन्दा नयाँ कम्पनी व्यवसाय विस्तारमा आक्रमक रुपमा लागेका छन् ।

कम्पनीहरुका अनुसार गत वर्ष सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाको प्रथम बीमा शुल्क आर्जन १३.७८ प्रतिशत हुँदा पोलिसी नविकरणको हिस्सा ८६.२६ प्रतिशत रहेको छ । संस्थानले यो अवधिमा सावधिक, अग्रिम भुक्तानी सावधिक र अन्य जीवन बीमा पोलिसी मात्रै बिक्री गरेको छ । नेशनल लाइफको प्रथम बीमा शुल्क आर्जन २९.४६, नविकरण ७०.५३, नेपाल लाइफ प्रथम बीमा शुल्क ३६.०८, नविकरण ६३.९१, लाइफ इन्स्योरेन्स कर्पोरेशन प्रथम बीमा शुल्क २५.१४, नविकरण ७४.८५ प्रतिशत रहेको छ ।

अमेरिकन लाइफको प्रथम बीमा शुल्क ३१.२९, नविकरण ६८.७०, एसियन लाइफ प्रथम बीमा शुल्क ३६.०२ र नविकरण ६३.९७, सूर्या लाइफ प्रथम ५०.१५, नविकरण ४९.८४, गुँरास लाइफको प्रथम बीमा शुल्क ३६.५२, नविकरण ६३.४७, प्राइम लाइफको प्रथम ४३.२८, नविकरण ५६.७१ र आईएमई लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क ६२.३० र नविकरण भएको पोलिसी ३७.६९ प्रतिशत रहेको छ ।

यस्तै यूनियन लाइफको प्रथम बीमा शुल्क ६१.०६, नविकरण ३८.९३, ज्योती लाइफको प्रथम बीमा शुल्क ६७.२६, नविकरण ३२.७३, सन नेपालको प्रथम बीमा शुल्क ५३.९३, नविकरण ४६.०६, रिलायन्सको प्रथम बीमा शुल्क ६७.११, नविकरण ३२.८८, रिलायबल ७५.०१, नविकरण २४.९८, सिटिजन लाइफको प्रथम बीमा शुल्क ६९.३८, नविकरण २८.३७, सानिमा लाइफको प्रथम बीमा शूल्क ६६.८३, नविकरण ३३.१६, प्रभु लाइफको प्रथम बीमा शुल्क ७४.१३ प्रतिशत छ भने त्यसैगरी नविकरणतर्फ २५.८६ प्रतिशत छ ।

यता महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क ९४.०६ प्रतिशत हुँदा नविकरण जम्मा ५.९३ प्रतिशत रहेको बीमा समितिले जनाएको छ ।


क्लिकमान्डु