सेयर बजारमा दोहोरो अंकको सुधार, बैंकिङ समूहमा देखिएन चमक



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने नेप्से सूचक १३.०५ अंकले बढेर १५०८.२० बिन्दुमा रोकिएको छ । यो दिन बजारले लगानीकर्ताको १५ सयको मनोवैज्ञानिक धेरा पार गरेको छ ।

यो दिन बजारमा दोहोरो अंकको सुधार आएपनि बजारमा धेरै हिस्सा रहेको बैकिङ समूहको उपसूचकमा गिरावट नै देखिएको छ । बजार बढ्दा कारोबार रकम पनि सन्तोषजनक नै रहेको छ ।

१९४ कम्पनीको ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.८९ अंकले घट्दा निर्जीबन बीमा २६१.८१, उत्पादन तथा प्रशोधन २४.२४, माइक्रोफाइनान्स ५५.४४, जीवन बीमा समूहको उपसूचक १६६.७७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको २२ करोड ३१ लाख २२ हजार २८८ रुपैयाँको सेयर कारोबार भएको छ ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र शिवम सिमेन्ट रहेका छन् । कारोबारमा रिलायन्स लाईफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यता एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु