सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो
काठमाडौं । बजारमा बुधबार सुन मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार ९५ हजार ८ सय रूपैयाँमा छापावाला सुन कायम भएको सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ४ सय रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रूपैयाँ कायम भएको छ भने चाँदी मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।