कोरोना कहरकैबीच सेयर दलाल कम्पनी अरुण सेक्युरिटीज २ करोड ८० लाख किनबेच
काठमाडौं । कोरोना कहरकैबीच सेयर दलाल कम्पनी अरुण सेक्युरिटीज किनबेच भएको छ । सेयर किनबेचको सम्झौता भएको २ महिना वितिसकेको छ ।
सेयर बजारका लगानीकर्ता उद्धव सिवाकोटी र हरिहर उप्रेतीले कम्पनीको शतप्रतिशत स्वामित्व किनेका छन् । उनीहरुले धितोपत्र बोर्डमा स्वीकृतिका लागि गत साउन ४ गते नै आवेदन दिएका छन् ।
‘पुन्यप्रसाद पौडेलको नाममा रहेको १ लाख ९५ हजार कित्ता सिवाकोटीले र रामजी पण्डितको नामा रहेको ५ हजार कित्ता सेयर हरिहर उप्रेतीले २ करोड ८० लाख रुपैयाँमा किनेका हुन्,’ धितोपत्र बोर्ड स्रोतले भन्यो ।
प्रतिकित्ता नेटवर्थ १ सय ४० रुपैयाँका दरले २ लाख कित्ता सेयर किनबेच भएको हो ।
धितोपत्र बोर्डले स्वीकृति दिनेवित्तिकै कम्पनी रजिष्ट्रारको कार्यालयबाट बैधानिकरुपमा स्वामित्व हस्तान्तरण हुनेछ । अवश्यक कागजात नपुगेको भन्दै धितोपत्र बोर्डले स्वीकृति दिन ढिलाइ गरेको छ ।
पूराना लगानीकर्ताले कम्पनी राम्रोसँग चलाउन सकेका थिएनन् । नयाँ लगानीकर्ताले बजार बुझेकाले कम्पनी राम्रोसँग चलाउन सक्ने विश्वास गरिएको छ ।