पछिल्लो २४ घण्टामा ९०२ जना थपिए कोरोना संक्रमित, थप ६ जनाको मृत्यु



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमति थपिएका छन् । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३२ हजार ९६४ जना उपचारपछि निको भइसकेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना निको कोरोना संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल ३०६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

हाल संक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ८६८ छ । त्यसैगरी हाल क्यारेन्टिनमा ५ हजार ३१० जना छन् ।


क्लिकमान्डु