सेयर बजारमा करेक्सन हुँदा कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा नेप्से मापन गर्ने सूचक ७.३५ अंकले बढेर परिसूचक १४९५.१५ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा केही करेक्सन देखिएको छ । १९० कम्पनीको ४१ लाख ८० हजार ८१६ कित्ता सेयर १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ २.८५, होटल समूहको उपसूचकमा ४.९६, अंकको गिरावट आउँदा निर्जीबन बीमा समूहको उपसूचक ७३.४३, उत्पादन तथा प्रशोधन ८०.६४, माइक्रोफाइनान्स १९.१६, जीवन बीमा समूहको उपसूचक ४८.५९ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २७ करोड ५५ लाख ३९ हजार ९६७ रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो र तेस्रो स्थानमा नागरिक लगानी कोष र नेको इन्स्योरेन्स रहेको छ ।
कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, एनआरएन लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर, चिलिमे हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
गुमाउनेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, पन्चकन्यामाई हाईड्रो,आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाईड्रो, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।