खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सार्वजनिक गर्यो ढुवानीकर्ताको नाम

392
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा विभिन्न जिल्लामा खाद्यवस्तु ढुवानी गर्ने ढुवानीकर्ताको नाम सार्वजनिक गरेको छ ।

कम्पनीले देशका विभिन्न २८ जिल्लामा खाद्य ढुवानी गर्नको लागि बोलपत्र आह्वान गरे अनुरूप ढुवानीकर्ता छनौट भएका हुन् ।

कम्पनीले यो सुचनाको समय अवधिभर कुनै पनि तेस्रो पार्टीको ढुवानीका लागि दाबी विरोध नओस् भनि नाम सार्वजनिक गरेको कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । उनका अनुसार यस अवधिमा कुनै पनि विरोध नआएको खण्डमा २८ जिल्लाका लागि छनौट भएका ढुवानीकर्ता नियमअनुसार सम्झौता गरी ढुवानी गर्न पाउनेछन् ।

खाद्यान्न ढुवानीको लागि कम्पनीले ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, काठमाडौं, मनाङ, गोरखा, कास्की, तनहुँ, मुस्ताङ, रुकुम (पूर्व, पश्चिम), दाङ, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, बझाङ, बाजुरा, अघाम, बैतडी, दार्चुला र कैलालीमा खाद्यवस्तु ढुवानी गर्ने भएको छ ।