प्रचण्डको घरबेटीसँगको मलको ठेक्का तोडियो, कालोसूचिमा राख्ने तयारी
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले मलको ठेक्का लिएर समयमै उपलब्ध नगराएको भन्दै प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीसँगको ठेक्का तोडेको छ ।
कम्पनीले अधिकारीको शैलुङ कन्स्ट्रक्सन र नेपाली काँग्रेस नेता होमनाथ अधिकारीको होबिको मल्टिपल कम्पनीसँगको ठेक्का तोडेको जानकारी गराएको छ ।
कम्पनीले ठेक्का तोडेसँगै उनीहरुले धरौटी बापत राखेको पाँच/पाँच करोड रुपैयाँ समेत जफत हुने भएको छ ।
उनीहरुले सम्झौता बमोजीम मल ल्याउन नसकेपछि सम्झौता खारेज गर्दै कालोसूचिमा राख्ने तयारी गरेको छ ।
कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको बताइएको छ ।