हल्ट प्राइज र पूर्वाञ्चल विश्वविद्यालयको अन-क्याम्पस इभेन्टमा क्लिकमाण्डू मिडिया पार्टनर



काठमाडौं । हल्ट प्राइज र पूर्वाञ्चल विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको अन–क्याम्पस इभेन्टमा क्लिकमाण्डू डट कम मिडिया पार्टनर रहने भएको छ ।

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज अब पूर्वाञ्चर विश्वविद्यालयमा समेत आयोजना हुने भएको हो ।

विश्वका युवाहरुलाई लिडरसिप बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हल्ट प्राइज हालसम्म १० लाख अमेरिकी डलर बराबरको स्टार्टअप प्राइज दिइसकेको छ ।

कम्पनीले हालसम्म ६५ मिलियन अमेरिकी डलर बराबरको लगानी युवा उद्यमी तथा लिडरसिपमा लगानी गरिसकेको छ ।

हल्ट प्राइजले विश्वभर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । जसमा संयुक्त राष्ट्रसंघले समेत सहयोग गर्दै आएको छ । हल्ट प्राइजले हालसम्म विश्वका १२१ वटा देशका २००० भन्दा बढी कलेजमा ३० हजारभन्दा बढी स्टाफ, स्वयमसेवक विद्यार्थीहरु आबद्ध छन् ।


क्लिकमान्डु