अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिए



काठमाडौं । अर्थ तथा सञ्चारमन्त्रीबाट डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी ओलीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु