अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले राजीनामा बुझाएका हुन् ।
सञ्चार मन्त्रालयका आयोजित कार्यक्रममा नै उनले संवैधानिक व्यवस्था अनुसार शुक्रबार राजीनामा दिन लागेको बताएका थिए । गत फागुनमा राष्ट्रियसभाको २ वर्षे कार्यकाल सकिएको थियो ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद नभएको व्यक्ति समेत ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था अनुसार उनी शुक्रबारसम्म मन्त्री रहेका हुन् ।
मन्त्रालय र मातहतका विभागिय प्रमुखसँग आज भएको भेटमा उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
पत्रकार सम्मेलन लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका थिए ।
सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनी सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो पदबाट राजीनामा दिए । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा नै उनले राजीनामा दिने बताएका थिए ।