मेरो सेयरको पोर्टफोलियोमा देखिएको समस्या समाधान, लगानीकर्ताले पोर्टफोलियो हेर्न सक्ने
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को ‘मेरो सेयर’ को पोर्टफोलियोमा देखिएको समस्या समाधान भएको छ ।
बुधबारदेखि मेरो सेयरको पोर्टफोलियोमा समस्या देखिएपछि बन्द भएको थियो । शुक्रबारबाट भने पुर्ण रूपमा सञ्चालनमा आएको छ ।
पोर्टफोलियोमा समस्या आएपछि दोस्रो बजारका लगानीकर्ताले मेरो सेयरबाट पोर्टफोलियो हेर्न पाएका थिएनन् ।
सीडीएससीका अनुसार मेरो सेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ मूल्य प्राप्त हुन नसकेका भन्दै पोर्टफोलियो हेर्न नसकिने बताएको थियो ।