आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्णः सचिव पाण्डे



काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको १०औं स्थापना दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दैै सहकारीले सदस्यको आर्थिक समाजिक रुपमान्तरणमा काम गर्नुपर्ने र त्यसले सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्ने बताएका छन् ।

सहकारीले संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने दाबी गरे ।

सहकारीको माध्यमबाट सबल अर्थतन्त्र निर्माण गर्नका लागि मन्त्रालय लागेको बताए । उनले आगामी दिनमा सबल अर्थतन्त्र निर्माणका लागि मन्त्रालयले समाजसँग मिलेर अघि बढने धारणा राखे ।

सहकारीहरु धेरै सहरमा रहेको र सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचारप्रसार भयो की भन्ने गुनासो आउने गरेको उल्लेख गरे ।

सचिव पाण्डेले आगामी दिनमा समाजसँगको सहकार्यलाई प्रभावकारी रुपमा अघि बढाउने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले शुभकामना मन्तव्य व्यक्त गदै सहकारीले देशमा गरिबी न्यूनिकरण, सामाजिक रुपान्तरणमा महत्वपूर्ण काम गरेको बताए । सहकारीले विकसित देश निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

सहकारीको क्षेत्रमा तथ्याङक अभाव भएको र त्यो तथ्यांक मिलाउने काम सरकारी निकायको भएको उनको दाबी छ ।

सहकारीले गरेको पुँजी परिचालनको आधिकारिक तथ्यांक नभएको भन्दै यस्तो तथ्याङक संकलनमा सरकारी निकाय लाग्नुपर्ने दाबी गरे ।

सहकारी अभियानले सरकारको परिपूरकका रुपमा काम गरेको उल्लेख गरे । यसमा महासंघको भूमिका उल्लेख्य रुपमा रहने समेत उल्लेख गरे । सहकारी संस्थाहरु धेरै संख्यामा भएको कारण पास लिन समस्या भएको भन्दै उपत्यकामा कारोनाको संक्रमण बढेको भन्दै आफू पनि यसबाट बच्दै अघि बढ्नु परेको उल्लेख गरे ।

राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष दक्ष पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीलाई प्रविधितर्फ जानका लागि आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए । उनले सहकारी पनि अब २१औं शताब्दी अनुसार चल्नका लागि प्रविधिमा जान आवश्यक रहेको बताए ।

समाजले सहकारीको क्षेत्रमा गरेको काम उल्लेखनीय भएको भन्दै समूदायमा सहकारीप्रति विश्वास जगाउने काम सञ्चारमाध्यममा ल्याउन सुझाव दिएका छन् ।

बोर्डले राष्ट्रिय सहकारी नीति निर्माणको काम अघि बढाउने क्रममा रहेको जानकारी गराए ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरेका छन् । समाजले सहकारीको क्षेत्रमा निकै प्रभावकारी काम भइरहेको बताए ।

समाज सहकारी अभियानको आवाज बनेको भन्दै सकारात्मक मार्गदर्शनमा आफ्नो भूमिका कायमै राख्ने जानकारी गराएका छन् ।

यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुशासनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताए ।

समाजका संस्थापक अध्यक्ष यावद हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले उपत्यकाभित्रका सहकारीको समाचार मात्रै छापामा आउने भन्दै उपत्यका बाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेको बताए । हुमागाईले कतिपयले समाजलाई सहकारी संस्था नै हो की भन्ने बुझ्दा समस्या सृजना भएको भन्दै यो दुविधाबाट मुक्त हुन आग्रह गरेका छन् ।

सहकारी विभागले अहिलेसम्म डाटा राख्न नसकेको अन्य संघले पनि तथ्याङ्क नभएको स्मरण गरे । लामो समयदेखि तथ्याङ राख्न सरोकारवाला निकायलाई आग्रह गरेको भएपनि कसैले पनि वास्था नगरेको बताए ।

दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले शुभकामना दिएका छ । उनले नेपालको कर्मचारीतन्त्रले सहकारीलाई नचिनेको आरोप लगाएका छन् । उनले आगामी दिनमा सहकारी संस्थाहरुको भूमिकालाई सहकारीले बुझ्न आग्रह गरेका छन् ।

उनले उपत्यकाभित्रका सहकारीले गरेको काम हेरेर जिल्लाका सहकारीसँग तुलना गर्न नहुने धारणा राखे ।

कोरोनापछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण श्रव्य दृश्य (भर्चुअल) माध्यमबाट स्थापना दिवस सम्पन्न भएको हो ।


क्लिकमान्डु