राजीनामा दिने अर्थमन्त्री खतिवडाकाे घाेषणा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घाेषणा गरेका छन् ।  शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकमा खतिवडाले राजीनामा दिने घाेषणा गरेका हुन् । खतिवडाले आज दिउँसो ४ बजे राजीनामा दिने बैठकमा बताएका थिए ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकले राष्ट्रिय सभामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाको कार्यकाल सकिएको थियो ।

राष्ट्रिय सभामा २ वर्षे कार्यकाल रहेका खतिवडाको समयावधि गत फागुन २० गते सकिएको थियो । त्यसयता राष्ट्रिय सभा सदस्य नरहने पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार उनी मन्त्रीमा पुनः नियुक्ती भएका थिए । उनको दोस्रो पटकको ६ महिनाको कार्यकाल शनिबार सकिँदैछ ।

राष्ट्रिय सभामा मनोनित नहुने भए पनि उनको अर्थमन्त्रीको कार्यकाल सकिएको हो । पछिल्लो समयमा उनी अर्थसँगै सञ्चारमन्त्रीका रुपमा समेत काम गरिरहेका थिए ।


क्लिकमान्डु