गृहमन्त्री थापा सवार हेलिकप्टर मौसम खराब भएपछि पोखरामा अवतरण
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चढेको हेलिकप्टर मौसम खराब भएसँगै पोखरामा अवतरण भएको छ ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार बिहीबार बाग्लुङ जान उडेको हेलिकप्टर मौसम खराब भएपछि पोखरामा अवतरण गरिएको हो ।
बाग्लुङमा पहिरोको निरिक्षण तथा पीडितलाई राहत वितरण गर्न गृहमन्त्री सहितको टोली काठमाडौंबाट बाग्लुङ गएको थियो ।
‘स्याङजा पुगेका थियौं, मौसम खराब भएपछि पोखरामा अवतरण भएको छ, साढे १२ बजेतिर पोखरामा अवतरण भएको हेलिकप्टर मौसम सफा नभएकाले अझै उड्न सकेको छैन,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।
बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भइसकेको छ ।