नागरिक लगानी कोषले साढे ४ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने



काठमाडौं । नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ मुद्दति निक्षेपमा लगानी भएको छ । कोषले बिहीबार सार्वजनिक सूचनामार्फत् उक्त परिमाणमा रहेको रकम मुद्दति निक्षेपमा राख्न लागेको जानकारी गराएको हो ।

कोषले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एक वर्षदेखि २ वर्षे मुद्दति निक्षेपमा लगानी गर्न इच्छुक भएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन कोषले आह्वान गरेको छ ।

यही भदौ २१ गते दिउँसो २ बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिइएको छ ।


क्लिकमान्डु