पुनर्बीमा कम्पनीको सेयर मूल्य २ महिनामा ५ सयले बढ्यो



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर जेठ २८ गते सूचिकृत भयो । त्यसपछि असार १५ गतेबाट सेयर कारोबार शुरु भयो । कारोबार शुरु भएको पहिलो दिन ४० मिनेटमा १० घटेर ३८२ रुपैयाँमा झर्यो ।

कम्पनीको कारोबार ४२४ रुपैयाँमा कारोबार खुलेको थियो । पहिलो दिन १० प्रतिशतले झरेको कम्पनीको सेयर मूल्य दोस्रो दिन पुनः घटेर ३४४ बिन्दुमा पुग्यो । त्यसपछि निरन्तर बढन थालेको बजार अहिले ९०१ बिन्दुमा पुगेको छ । कम्पनीको सेयर मूल्य दुई महिनामा नै प्रतिकित्ता ४७७ रुपैयाँले बढेको छ ।

कारोबारको सुरुमा घटेपनि त्यसपछिको अधिकांश दिन पुनर्बीमा कम्पनीको सेयर मूल्य निरन्तर बढी रहेको छ । कम्पनीको सेयर मूल्य एकाएक बढ्दा सबै अचम्ममा परेका छन् ।

कम्पनीको सेयर मूल्य एक साता कै हाराहारीमा ५ सय रुपैयाँ पुगेको थियो । त्यसको झण्डै डेढ महिना कम्पनीको सेयर मूल्य ५ सयदेखि ६ सयको हाराहारीमा नै रह्यो ।

त्यसपछि कम्पनीको बजार सेयर मूल्यमा निकै बढ्दै गयो । भदौ ७ गते प्रतिकित्ता ५९६ रुपैयाँ रहेको सेयर मूल्य ८ गते ६२४ रुपैयाँ पुग्यो । त्यसको ९ दिनमा नै कम्पनीको सेयर मूल्य ९०१ रुपैयाँ पुगेको छ ।

यो ९ दिनमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७७ रुपैयाँले बढेको छ । पुनर्बीमा कम्पनीले अहिलेसम्म आर्थिक वर्षको २९७६÷०७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार नाफा २.७७ प्रतिशतले मात्रै बढेको छ । अर्थात् कम्पनीको नाफा जीवन र निर्जीवन बीमा दुबैर्फको नाफा बढेको छ । कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण आएको छैन । तथापि कम्पनीको सेयर मूल्य भने बढी छ ।

बुधबार कम्पनीको बजार पुँजीकरण ९० अर्ब १० करोड पुगेको छ ।


क्लिकमान्डु