उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप गर्ने निर्णय भएको छ ।
भदौ १७ गते बुधबार राति १२ बजेसम्म कायम भएको निषेधाज्ञा अब भदौ २४ गते राति १२ बजेसम्म कायम हुनेछ ।
बुधबार दिउँसो उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
तर यसबीचमा भने निषेधाज्ञा केही खुकुलो बनाइएको एक उच्च अधिकारीले जानकारी दिए ।
यसबीच होटल रेष्टुराँ बन्द रहनेछन् भने अत्यावश्यक सेवा अन्तर्गतको बैंक तथा वित्तीय सेवा प्रवाह सीमित कर्मचारीबाटै सञ्चालन गर्नुपर्नेछ । यसबारेमा सूचना भने केही बेरमा सार्वजनिक हुनेछ ।