जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत



काठमाडौं । बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुला गरेको थियो ।

सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे ।

हाल बीमा कम्पनीहरुले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका छन् ।

नियामक निकायले लगानीको दायरा बढाए पनि बीमा कम्पनीहरुले भने आफ्नो परम्परागत शैलीलाई नै निरन्तरता दिएका छन् । जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले कुल लगानीको ८४.३४ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा गरेको छन् ।

जीवन बीमा कम्पनीहरुले सो अवधिमा गरेको कुल लगानीको ७३.२८ प्रतिशत अर्थात् २ खर्ब ८ अर्ब ६१ करोड वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गरेका छन् । साथै सो अवधिमा गरिएको कुल लगानीको ८.२० प्रतिशत अर्थात् २३ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ विकास बैंकहरुको मुद्दति निक्षेपमा र कुल लगानीको ०.८३ प्रतिशत अर्थात २ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ वित्त कम्पनीहरुको मु्द्दति निक्षेपमा लगानी गरेका हुन् ।

बीमा समिति तथा कम्पनीहरुबाट प्राप्त तथ्यांकअनुसार सो अवधिमा ७ वटा जीवन बीमा कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । मुद्दतिमा १० अर्ब रुपैयाँ बढी लगानी गर्नेमा नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र प्राइम लाइफ इन्स्सोरेन्स हुन् ।

बैंक तथा वित्त कम्पनीको मुद्दतिमा १० अर्ब रुपैयाँ बढी लगानी गर्ने कम्पनी
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले मुद्दति निक्षेपमा ६५ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको कुल ७२ अर्ब ६५ करोड १४ लाख रुपैयाँ कुल लगानी गरेको थियो ।

कम्पनीले गरेको कुल लगानीको ९१ प्रतिशत लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गरेको हो । जसमा ६० अर्ब ९९ करोड वाणिज्य बैंकको मुद्दतिमा र ४ अर्ब ८३ करोड रुपैयाँ विकास बैंकको मुद्दतिमा लगानी गरेको हो ।

यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आर्थिक वर्षमा कुल ५४ अर्ब २५ करोड ८८ लाख रुपैयाँ लगानी गरेको थियो । जसमध्ये ८८ प्रतिशत अर्थात् ४७ अर्ब ७७ करोड रुपैयाँ मुद्दतिमा लगानी गरेको छ ।

कुल मुद्दति लगानीमा कम्पनीले ४६ अर्ब २२ करोड ६८ लाख रुपैयाँ वाणिज्य बैंक, १ अर्ब २२ करोड ५० लाख विकास बैंक र ३२ करोड ५० लाख रुपैयाँ वित्त कम्पनीहरुको मुद्दति निक्षेपमा राखेको हो ।

नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३२ अर्ब ३३ करोड ८७ लाख रुपैयाँ कुल लगानी गरेको थियो । जसमध्ये ७९ प्रतिशत अर्थात् २५ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गरेको छ ।

मुद्दतिको कुल लगानीमा कम्पनीले २४ अर्ब ७ करोड वाणिज्य बैंक, १ अर्ब २३ करोड विकास बैंक र ८ करोड २५ लाख रुपैयाँ वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गरेको छ ।गत आर्थिक वर्षको असार मसान्तसम्म मेट लाइफ इन्स्योरेन्सले कुल २० अर्ब ९४ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । जसको ९२ प्रतिशत अर्थात् १९ अर्ब २६ करोड ३२ लाख रुपैयाँ लगानी वाणिज्य बैंकको मुद्दति निक्षेपमा लगानी गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा संस्थानले गत आवमा कुल २४ अर्ब ८५ करोड ६० लाख रुपैयाँ लगानी गरेको थियो । कुल लगानीको ६२ प्रतिशत अर्थात् १५ अर्ब ४० करोड ३० रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गरेको छ ।

मुद्दतिको कुल लगानीमा कम्पनीले वाणिज्य बैंकमा ११ अर्ब ४४ करोड, विकास बैंकमा ३ अर्ब ६० करोड र ३५ करोड रुपैयाँ वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १९ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ कुल लगानी गरेको थियो । कुल लगानीको ७१ प्रतिशत अर्थात् १३ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्त संस्थाको मुद्दति निक्षेपमा लगानी गरेको छ ।

मुद्दतिको कुल लगानीमध्ये कम्पनीले वाणिज्य बैंक ९ अर्ब ८३ करोड, विकास बैंक ४ अर्ब ९ करोड रुपैयाँ र ४ करोड ७५ लाख रुपैयाँ वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गरेको छ ।

प्राइम लाइफ यन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल १३ करोड १८ लाख ३१ करोड रुपैयाँ लगानी गरेको छ । कुल लगानीको ७६ प्रतिशत अर्थात् १० अर्ब ६ करोड ५३ लाख रुपैयाँ कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गरेको छ । मुद्दतिमा गरेको लगानीमा कम्पनीले वाणिज्य बैंकमा ९ अर्ब २४ करोड, विकास बैंकमा ८२ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो ।

कुन जीवन बीमाको मुद्दतिमा कति लगानी ?
गत आर्थिक वर्षको असार मसान्तसम्म सुर्या लाइफ इन्स्योरेन्सले कुल ८ अर्ब ८३ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । जसको ८२ प्रतिशत अर्थात् ५ अर्ब ७५ करोड रुपैयाँ कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सले गत आवमा ७ अर्ब ८७ करोड रुपैयाँ कुल लगानी गरेको थियो । जसको ८२ प्रतितश अर्थात् ६ अर्ब ४७ करोड रुपैयाँ कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल ५ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । जसको ७४ प्रतिशत अर्थात् ३ अर्ब ९३ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

रिलायबल लाइफ इन्स्योरेन्सले गत आवमा ३ अर्ब ५३ करोड रुपैयाँ कुल लगानी गरेको थियो । जसको ८५ प्रतितश अर्थात् २ अर्ब ९९ करोड रुपैयाँ कम्पनीले बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल ३ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ । जसको ६९ प्रतिशत अर्थात् २ अर्ब ६३ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

ज्योती लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल ३ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ । जसको ७९ प्रतिशत अर्थात् २ अर्ब ६२ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल २ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको छ । जसको ८४ प्रतिशत अर्थात् २ अर्ब ४४ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल २ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ । जसको ८९ प्रतिशत अर्थात् २ अर्ब १२ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल २ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेको छ । जसको ८० प्रतिशत अर्थात् १ अर्ब ९७ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल १ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ । जसको ९७ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल २ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । जसको ६७ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा कुल २ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । जसको ६२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीको मुद्दतिमा लगानी गरेको छ ।


क्लिकमान्डु