काठमाडौं महानगरभित्र २४५२ जनामा कोरोना संक्रमण



काठमाडौं । काठमाडौं महानगरमा भदौ १३ गतेसम्म २ हजार ४५२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरानाको संक्रमितको सम्पर्कमा भएका ४ हजार २१३ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको महानगरपालिकाले जानकारी गराएको छ ।

महानगरमा भदौ १२ गते २ हजार ३४३ जना संक्रमित भएकोमा १३ गते १०९ जना थपिएर २ हजार ४५२ जना पुगेका छन् ।

१३ गतेसम्म ५४८ जना होम आइसोलेसनमा र ५४१ जना अस्पतालमा रहेका छन् । ४६० जना निको भएर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा १ ÷१ जना वडा ४ मा २ जना, १० मा ३ जना र २७ मा २ जना रहेका छन् ।


क्लिकमान्डु