१६ कम्पनीको साढे ४ अर्ब बराबरको आइपीओ पाइपलाइनमा, सूचीसहित



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार हाल ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता सेयर निष्काशनको पाइपलाइनमा छ ।

धितोपत्र बिक्री गर्नका लागि हाल बोर्डमा १६ वटा कम्पनीले आवेदन दिएका छन् ।

यी कम्पनीले आईपीओ जारी गर्न बोर्डबाट अनुमति लिनुपर्छ । बोर्डको अनुमति नपाई यी कम्पनीले आईपीओ जारी गर्न पाउँदैनन् ।

धितोपत्र बोर्डको अनुसार १६ वटा कम्पनीको पाइपलाइनमा रहेका कम्पनीमध्ये ९ वटा त जलविद्युत कम्पनी नै छन् ।

बोर्डका अनुसार पाइपलाइनमा दुई वटा बीमा कम्पनी, एउटा मर्चेन्ट बैंक र अन्य कम्पनीसहित १६ वटा कम्पनी छन् । यी कम्पनीमध्ये पनि केहीले स्थानीय र सर्वसाधारणको लागि पनि आइपीओ जारी गर्ने तयारीमा रहेका छन् ।

धितोपत्र बोर्डका अनुसार प्रायः सबै जलविद्युत कम्पनीले जारी गर्ने सेयर स्थानीय बासिन्दा र सर्वसाधारणका लागि हुनेछ , यता मैलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि, सिँगटी हाईड्रो इनर्जीले सर्वासाधारणका लागि सेयर जारी गर्नको लागि बोर्डको पाइपलाइनमा रहेका छन् ।

बोर्डको पाइपलाइनमा रहेको कम्पनीमा बहुप्रतिक्षित दुई निर्जीवन बीमा कम्पनीमा जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स छ ।

त्यस्तै चन्द्रागिरी हिल्स, डिसहोमलगायतका कम्पनी पनि आइपीओ जारी गर्ने चरणमा छन् । चन्द्रागिरीले स्थानीय र सर्वसाधारणको लागि साधारण सेयर जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

साधारण सेयर आईपीओ जारी गर्नको लागि यो वर्ष धितोपत्र बोर्डमा रुरु जलविद्युत कम्पनी, डिसहोस मिडिया नेटवर्क, चन्द्रागिरी हिल्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले यही वर्ष आवेदन दिएका हुन् ।

बोर्डमा सेयर जारी गर्न आवेदन दिएका कम्पनीहरुले धितोपत्र बोर्डले तोकेको मापदण्ड पूरा गरेपछि आइपीओ जारी गर्न लागि अनुमति पाउने छन् ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा बढीमध्ये भोटेकोशी जलविद्युत कम्पनीको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको छन् । कम्पनीे उक्त सेयर स्थानीय बासिन्दा र सर्वसाधारणको लागि जारी गर्ने जनाएको छ ।

कुन कम्पनीको कति आइपीओ ?


क्लिकमान्डु