बहराइनका राजकुमारसहित १५ जनाले हिमाल आरोहरण गर्ने



काठमाडौं । कोरोना भाइरसका कारण ठप्प भएको पर्यटन क्षेत्रमा यतिबेला राम्रो संकेत देखिएको छ । लकडाउनका कारण हिमाल आरोहण बन्द गरिएको भए पनि सरकारले बहराइनका राजकुमारलाई भने हिमाल आरोहरणको अनुमति दिएको छ ।

सरकारले आगामी सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारसहित १५ जना बहराइनी र ३ जना ब्रिटिस नागरिक गरी १८ जनालाई लोबुचे र मनास्लु हिमाल आरोहरणका लागि अनुमति दिएको हो ।

यसका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी नियमअनुसार नेपालको लोबुते र मनास्लु हिमाल आरोहण गर्नका लागि चार्टर फ्लाइटबाट नेपाल आउन अनुमति दिने जनाएको छ ।

लकडाउनपछि नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जारी सिजनमा आरोहण अनुमति दिने निर्णय गरेको हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रमा बहराइनका राजकुमारलगायतको टोलीले हिमाल आरोहण गर्नु आफैमा राम्रो संकेत देखिएको छ ।


क्लिकमान्डु