पीसीआर परीक्षणको शुल्क ४४ सयभन्दा बढी लिन नपाइने



काठमाडौं । पीसीआर परीक्षण गर्ने प्रयोगशालाले ४ हजार ४ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निर्देशन जारी गर्दै पीसीआर परीक्षण गर्ने प्रयोगशालाले लिने शुल्क कटौती गर्दै उक्त निर्देशन जारी गरेको हो ।

सरकारले यसअघि ५ हजार ५०० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो । हाल सरकारले निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षणको अनुमति दिएको छ ।


क्लिकमान्डु