प्रतिष्पर्धाले सस्तो हुँदै तरकारीको भाउ, कालिमाटीमा भन्दा अनलाइनमा किन्दा सस्तो



काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला निषेधाज्ञा लागू भएका कारण तरकारीको सहज आपूर्ती हुन सकेको छैन ।

जसका कारण काठमाडौंका हरेक घरघरमा पुग्ने कालिमाटी तरकारी बजारमा भाउ ह्वात्तै बढेको छ ।

तर निषेधाज्ञाको समयमा इ–कमर्स कम्पनीहरुले अनलाइनबाटै भान्साको सामान सस्तो मूल्यमा उपलब्ध गराउन थालेका छन् । जसले गर्दा तरकारी भरिएको कालिमाटीको तरकारीको भण्डारमा किन्नुभन्दा अनलाइन कम्पनीबाट अर्डर गर्दा तरकारीको मूल्य सस्तो पर्न थालेको छ ।

लकडाउन शुरु भएसँगै व्यवासय शुरु गरेको ललितपुरस्थित ग्यापु अनलाइनले टमाटर प्रतिकेजी ४७ रुपैयाँमा बिक्री गर्दै आएको छ भने कालिमाटी तरकारी बजारमा ८० रुपैयाँदेखि १०० रुपैयाँसम्म बिक्री भइरहेको छ । त्यसैगरी भाटभटेनी सुपरमार्केट अनलाइनमा टमाटरको मूल्य ५० रुपैयाँ प्रतिकेजी छ ।

कालिमाटीमा उपलब्ध तरकारीको मूल्य थोकमा हो । यहाँबाट खरिद गरी विभिन्न पसलमा बिक्री गरिने भएकाले खुद्रा मूल्य निकै फरक पर्छ ।

त्यसैगरी प्याजको मूल्य ग्यापुले ३६ रुपैयाँ केजी बिक्री गरिरहेको छ भने भाटभटेनीले ३९ रुपैयाँमा बिक्री गरिरहेको छ । त्यसैगरी कालिमाटीमा भने प्याजको थोक मूल्य ४२ रुपैयाँ छ ।

त्यसैगरी ग्यापुले सानो आलु १०० रुपैयाँ केजी, कागती १९० रुपैयाँ केजी, गाजर प्रतिकेजी १ सय रुपैयाँ, मूला ४७ रुपैयाा केजी, पर्वर आधा केजीको ७० रुपैयाँ, लौका केजीको ९० रुपैयाँ, घिरौला आधा केजीको ८० रुपैयाँमा बिक्री गरिरहेको छ ।

त्यसैगरी भाटभटेनीले हरियो भटमास ९० रुपैयाँ केजी, हरियो सिमी ९९ रुपैयाँ केजी, काउली ११० रुपैयाँ केजी, डल्ले च्याउ १९९ रुपैयाँको आधा केजी, रातो र हरियो क्याम्पिकमको प्रतिकेजी ३९५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

त्यसैगरी कालिमाटी तरकारी बजारमा रातो आलु ७३ रुपैयाँ, मुडेको आलु ६२ रुपैयाँ, स्थानीय काउली ४२ रुपैयाँ प्रतिकेजी थोकमा बिक्री भइरहेको छ । त्यसैगरी बोडी प्रतिकेजी ९५ रुपैयाँ, घिउ सिमी ९५ रुपैयाँ प्रतिकेजी, भटमासकोशा प्रतिकेजी ७५ रुपैयाँमा बिक्री भइरहेको छ ।


क्लिकमान्डु