आइएमई जनरल इन्स्योेरेन्सले दियो अभिकर्तालाई अनलाइन बाटै तालिम



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले आफ्ना अभिकर्ताहरुलाई अनलाइन मार्फत तालिम दिएको छ ।

कम्पनीले दुई दिन निर्जिवन बीमाको विषयमा अभिकर्ताहरुलाई श्रव्य दृश्य माध्यमबाट प्रशिक्षण दिएको हो । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।


क्लिकमान्डु