नेपाल बंगलादेश बैंकद्वारा कोरोनाको उपचारका लागि सवा २ करोड बराबरको औषधि सहयोग



नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारका लागि दुई करोड २५ लाख रुपैयाँ बराबरको जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला का औषधि सहयोग गरेको छ ।

संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।

हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि रेन्डेसिभर ५ हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको हो ।

उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकको भनाइ छ । नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा १ करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।


क्लिकमान्डु