साउन महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १० अर्ब १४ करोड



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

साउन महिनामा जीवन बीमा कम्पनीको २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन भएको छ । यस्तै नविकरण बीमा शुल्क ७ अर्ब ९२ करोड रहेको छ भने बैदेशिक रोजगार बीमा शुल्क शुन्य छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि निकै परेको छ । कोरोनो पनि नेपालमा ४ महिना लकडाउन पछि निषेधाज्ञा जारी गरिएको छ ।

जसको असर जीवन बीमा कम्पनीहरुमा देखिएको छ । कोरोनाका कारण प्रथम बीमा शुल्क न्यून देखिएको छ । यो अवधिमा कम्पनीहरुले नयाँ जीवन बीमा पोलिसी पर्याप्त बिक्री नभएका कारण बीमा शुल्क न्यून भएको हो ।

लकडाउनको कारण रोजगारीका लागि युवा विदेश नजाँदा वैदेशिक रोजगार बीमा शुल्क पनि शुन्य रहेको छ । लकडाउनको नयाँ पोलिसी जारी नभएपनि नविकरण भने केही देखिएको छ ।

बीमा समितिका अुनसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले उक्त १० अर्ब १४ करोड संकलन गरेका हुन् ।

बीमा समितिका अनुसार साउन मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले ३ अर्ब ९७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमा प्रथम बीमा शुल्क ८० करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ३ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनलले १ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा २० करोड रुपैयाँ प्रथम बीम शुल्क र ८६ करोड रुपैयाँ नविकरण बीमाशुल्क रहेको छ ।

यो अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ८ करोड र नविकरण बीमा शुल्क ९७ करोड रुपैयाँ रहेको छ । यो अवधिमा राष्ट्रिय बीमा संस्थानले ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

मेट लाइफले ४४ करोड बीमा शूल्क आर्जन गरेकामा प्रथम बीमा शुल्क ९ करोड र नविकरण बीमाशुल्क ३५ करोड रुपैयाँ रहेको बीमा समितिले जनाएको छ ।

यस्तै एसियन लाइफले ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ९ करोड र नविकरण ४३ करोड रहेको छ ।

सुर्य लाइफले ३५ करोड, गुँरास लाइफ ३३ करोड रुपैयाँ, प्राइम लाइफले ३७ करोड रुपैयाँ, आईएमई लाइफको २० करोड रुपैयाँ, यूनियन लाइफको ४८ करोड, ज्योति १८ करोड रुपैयाँ, सन नेपाल लाइफ ११ करोड, रिलायन्स लाइफ १२ करोड, रिलायबल नेपाल लाइफ १६ करोड, सिटिजन लाइफ २२ करोड, सानिमा लाइफ ९ करोड, प्रभु लाइफ ८ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ करोड रुपैयाँमात्रै बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।


क्लिकमान्डु