आईएमई लाइफको सीइओमा कवि फुयाँल नियुक्त



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा कवि फुयाँल नियुक्त भएका छन् ।

कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समीतिको बैठकले फुयाँलाई सीइओ पदमा नियुक्त गरेको हो ।

यसअघि उनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख बजार अधिकृत थिए । यसअघि उनले सुर्या लाइफ इन्स्योरेन्समा काम गरिसकेका छन् । उनले आफ्नो किरअर भने बैंकिङ क्षेत्रबाट गरेका हुन् ।

यसअघिका कम्पनीका सीइओ असार अन्तिम साता श्रीचन्द्र भट्ट ज्योति विकास बैंक गएपछि आईएमई लाइफ सीईओविहिन बनेको थियो ।


क्लिकमान्डु