कोरोना महामारीबीच पनि निर्जीवन बीमा कम्पनीको नाफा साढे १२ %ले बढ्यो, कुनको कति ?



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको नाफामा सुधार देखिएको छ ।

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीका बीच पनि निर्जीवन बीमा कम्पनीहरुले नाफामा सुधार गरेका छन् । गत वर्ष निर्जीवन बीमा कम्पनीहरुको नाफा १२.४४ प्रतिशतले बढेको हो ।
अघिल्लो आवमा ३ अर्ब ८८ करोड २४ लाख ९ हजार १५८ रुपैयाँ नाफा आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले गत वर्ष ४ अर्ब ३६ करोड ५६ लाख ३२ हजार ६४३ रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेको २० वटा जीवन बीमा कम्पनीमध्ये १८ वटाको विवरण अनुसार ३ वटा कम्पनीको नाफामा गिरावट आएको छ भने एउटा कम्पनीको नाफामा सामान्य मात्रै बढोत्तरी हुँदा बाँकी कम्पनीको नाफमा निकै सुधार देखिएको छ ।

गत वर्ष हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनलर इन्स्योरेन्स र सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट आएको छ भने अन्य कम्पनीको नाफामा सुधार देखिएको छ ।

यो अवधिमा धेरै नाफा बढाउने बीमा कम्पनीमा एभरेष्ट इन्स्योरेन्स रहेको छ । एभरेष्टको नाफा ३८१.५२ प्रतिशतले बढेर १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

रकमका आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बीमा कम्पनीमा राष्ट्रिय बिमा कम्पनी छ । यसको नाफा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

तैपनि यसको नाफामा १८.२७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ०.६५ प्रतिशतले मात्रै बढेको छ । सानिमा जनरलको ५३.४०, अजोडको ५०.८५, आईएमई जनरलको ४५.४४, प्रिमियर इन्स्योरेन्सको नाफा ४४.०७ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु