राष्ट्रिय बीमा संस्थानको नाफा झण्डै ६ करोड
काठमाडौं । पूर्ण सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले गत वर्ष ५ करोड ९० लाख ६५ हजार ३० रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो वर्ष संस्थानको नाफा ५ करोड ७० लाख २३ हजार ७४ रुपैयाँ रहेको थियो ।
गत वर्ष संस्थानले ७ अर्ब ६ करोड ४२ लाख २५ हजार ६० रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
संस्थानको खुद दाबी भुक्तानी २ अर्ब ८१ करोड ४० लाख २१ हजार ६६५ रुपैयाँ रहेको छ । १८ करोड १० लाख २०्र हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थानको जगेडा कोषमा २८ करोड ५८ लाख ४८ हजार ५६२ रुपैयाँ रहेको छ ।
यस्तै जीवन बीमा कोषमा २६ अर्ब ५४ करोड ३९ लाख २२ हजार २८ रुपैयाँ रहेको छ ।