बुटवल पावर कम्पनीको नाफा ४.९१ प्रतिशत घट्यो
काठमाडौं । गत आर्थिक वर्षमा बुटवल पावर कम्पनीले ७२ करोड २९ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो वर्षको तुलनामा ४.९१ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्नपीले ७६ करोड ३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट ६८ करोड ६७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो वर्ष ६८ करोड ३० लाख ७८ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ ।
यो अवधिमा कम्पनीको सञ्चालन नाफा ७३ करोड ५० लाख २६ हजार रुपैयाँबाट घटेर ७३ करोड ४५ लाख ९३ हजार मा सिमित भएको छ ।
२ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ९६ पैसा रहेको छ ।