प्रिमियर इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो



काठमाडौं । गत वर्ष प्रिमियर इन्स्योरेन्सको नाफा ४४.०७ प्रतिशतले बढेर ३५ करोड ३८ लाख ७० हजार रुपैयाँमा पुगेको छ । अघिल्लो वर्ष २४ करोड ५६ लाख २३ हजार रुपैयाँ नाफा रहेको थियो छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ८० करोड ८० लाख ५२ हजार रुपैयाँबाट घटेर ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको कुल दाबी भुक्तानी ८९ करोड १० लाख ९८ हजार रुपैयाँ रहेको छ भने दाबी भुक्तानी हुन बाँकी रहेको रकम २ अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३२ करोड ४७ लाख ८२ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ६ करोड ३० लाख ९८ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९३ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६८ पैसा रहेको छ ।


क्लिकमान्डु